Ads

एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, तालमेल गरेर चुनावमा जाने


काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर चुनावमा जाने सहमती भएको छ । सम्भव भएसम्मका पालिकामा मिलेर जाने विषयमा दुवै दलका नेताहरुबीच आज(बुधबार) छलफल भएको हो । छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने बताएका छन् । आज भएको सहमति अनुसार दुवै दलका जिल्ला कमिटीहरूले एकआपसमा छलफल गरेर सहकार्यकाका लागि केन्द्रमा प्रस्ताव पठाउने भएका छन् ।

उक्त सहमतीमा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू