Ads

राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आज(बुधबार) आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरी संघीयता खारेज गरौँ भन्ने मूल नारा लिएको जनमोर्चाले आज घोषणापत्र सार्वजनिक गरेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा सङ्घीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको बताएका छन् । बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै संघीयता खारेजी आफ्नो पार्टीको प्रमुख एजेण्डा भएको बताएका छन् । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर अहिलेको संघीयता खारेजी गर्नुपर्ने उनको भनाइ छ।

एमसीसीलाई संसदबाट पारित गरेका कारण पाँचदलिय गठबन्धनबाट अलग हुनुपरेपनि स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न गठबन्धनसंग सहकार्य गर्ने भएको छ ।

 

 

 

Ads

सम्बन्धित पोष्टहरू