काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा आफ्नो ठाउँ कसरी बनाउने भन्ने छलफल हुनुपर्नेमा तालमेलको विषयले प्राथमिकता पाएको बताएका छन् ।
आज(बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा कोल्दै उनले चुनावी तालमेलले लोकतन्त्रलाई लाभ नहुने र स्थानीय विषयले भन्दापनि गठबन्धनको विषयले प्रथमिकता पाएको बताए ।
संसदीय व्यवस्थामा दलहरूबीच तालमेल गर्न नहुने भन्ने होइन तर अहिले जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने उनको भनाइ छ ।
यो किसिमको चुनावी तालमेलले कुनैपनि पार्टीलाई राम्रो नहुने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्