काठमाडौँ । रुसी युद्धपोतमाथि युक्रेनले आक्रमण गर्दा विस्फोट भएर ध्वस्त भएको छ। रुसको रक्षा मन्त्रालयले मोस्कभा मिसाइल क्रुजर ध्वस्त भएको जानकारी गराएको हो।
यसअघि युक्रेनले नेप्चुन मिसाइलले उक्त युद्धपोतलाई प्रहार गरेको बताइएको थियो।उक्त विस्फोटमा परेकाहरुको उद्धारका लागि रुसी उद्धारकर्ताहरू युद्धपोतसम्म पुग्न नसकेको युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्टोभिचले बताए । त्यहाँ करिब पाँच सय दशजना हुनसक्ने अनुमान गरिएको छ।
यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनको मरियपोल शहरमाथि पूर्णरूपमा कब्जा गरेको जनाएको छ। एक हजारभन्दा बढी युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि शहर कब्जा गरिएको उनीहरूको दावी छ।
यता युक्रेनको रक्षा मन्त्रालयले भने आत्मसमर्पणबारे जानकारी नभएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्