काठमाडौं । डा. गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानकर्षण गराएका छन् । आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उनले सरकार तथा सरोकारवाला पक्षसँग माग राखेका हुन् । आफ्ना मागसहितका समस्याको हल नभए पुनः सत्याग्रह बस्ने चेतावनी समेत दिएका छन् ।
सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन उनको माग रहेको छ । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्न मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्नलगायतका माग राखेका छन् । केसीले यसअघि आफूसँग भएका सम्झौताहरू तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनविपरित अवैध असुलीको प्रयास गर्ने र विद्यार्थीहरुलाई पिडित बनाएको भन्दै उनिहरुमाथि कडा कारवाही गर्न पनि माग गरेका छन् । सरकार र सम्बन्धित निकायहरु समक्ष आफ्ना माग प्रस्तुत गर्दै उनले यदि माग पूरा नभएको खण्डमा जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्