काठमाडौँ । निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको विषयमा गठबन्धन दलहरूबिच अझै सहमति जुटेको छैन ।
भागबण्डाका विषयमा दलहरूको आफ्नै दाबी रहेका कारण सहमति जुट्न कठिन भएको हो । बैठकमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि सहभागी रहेका थिए । उनले बैठक भोलि पनि जारी रहने र यसै विषयमा छलफल गरी निर्णय हुने बताएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको समितिको बैठकमा महानगर र उपमहानगरको भागबण्डाका विषयमा छलफल भइरहेको बताइएको छ ।
समितिले आफ्नो प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरूले अन्तिम निर्णय दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्