राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपयुक्त वातावरण मिल्नेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने बताएका छन् ।
आज(आइतबार) जनकपुर पुगेका अध्यक्ष लिङदेनले आफ्नो पार्टीले मात्र ल्याउन सक्ने भए आजै राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र पुनर्स्थापना गरिन्थ्यो भन्दै उनले यसका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिरहेको बताएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताउँदै उनले आफ्नै क्षमतामा चुनावमा भिड्ने स्पष्ट पारे।
राजसंस्था पुनर्स्थापित भए राष्ट्रको प्रमुख संस्थाको रुपमा राप्रपा रहने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्