काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । भोली(मंगलबार) रिटको पेशी तोकिएको छ ।
आफूलाई सरकारले अवैध रुपमा कारबाही प्रक्रिया सुरु गरेको भन्दै उनी सर्वोच्च आइतबार सर्वोच्च पुगेका थिए । उनको रिट निवेदनमा अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।
सरकारले गरेको निर्णय खारेज गरेर आफूले निरन्तर काम गर्न पाउने गरी अन्तरिम आदेश माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्