कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका माओवादी केन्द्रबाट अध्यक्षका आकांक्षीमा पाँच जना देखिएका छन् । माओवादी केन्द्रको गाउँ कमिटीले जिल्ला समन्वयलाई समितिलाई आकांक्षीहरुको नाम पठाएको छ ।
पालिकाको अध्यक्षमा पत्रकार कृष्णराज गिरीसहित पाँच जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा पत्रकार गिरीसहित ईश्वरीदत्त भट्ट, नन्दकिशोर सार्की, कैलाशचन्द्र गिरी र कल्पना गिरी रहेका छन् ।
पत्रकार गिरी करिब डेढ दशकदेखि पत्रकारितामा सकृय छन् ।
प्रतिक्रिया दिनुहोस्