काठमाडौं । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्तागठबन्धनको भागबण्डा टुंग्याउनका लागि आज फेरि बैठक बस्दैछ ।
आजको बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।
हिजो अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ ।
६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एकवटा दिने सहमति भएको बताइएको छ ।
त्यस्तै ११ मध्ये ७ वटा उपमहानगर कांग्रेसले राखेर बाँकी चारवटा बाँड्ने सहमति भएको छ । आजको बैठकले कुन महानगर र उपहानगरको उम्मेदवार कुन दलले पाउने भन्ने टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्