काठमाडौं। गठबन्धनले सातै प्रदेशमा चुनावीसभा गर्ने तयारी गरेको छ। आज(बिहिबार) बसेको स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समितीको बैठकले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागी चुनावीसभा गर्ने निर्णय गरेको हो।
बैशाख १८ गते धनगढी र सुर्खेत, बैखाश १९ गते बुटवल र पोखरा, बैशाख २० विराटनगर र जनकपुरमा चुनावीसभा हुनेछ भने बैखाश २१ गते काठमाडौंमा चुनावीसभा हुनेछ।
सभामा पाँच वटै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसहित ६ जना शिर्ष नेताले सम्बोधन गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्