ललितपुर । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ ।
त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ । आज नेकपा एमालेको ७४ औं स्थापना दिवस हो ।
आजै पार्टीका पुराना सेल्टरदाता १७ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
के छ घोषणा पत्रमा ?
नेकपा एमालेले तयार गरेको घोषणा पत्रको मुला नारा- सुशासन ,विकास र समृद्धि समाजवादको आधार,सबै स्थानीय तहमा एमालेको सरकार राखिएको छ ।
पार्टीका सचिवालयका एक सदस्यका अनुसार घोषणा पत्रमा अघिल्लो स्थानीय निर्वाचन देखि हालसम्म राजनीतिक विष्लेषण गरिएको छ ।
माओवादीसँगको एकता र भंग हुनुका कारण पनि केलाइएको छ । दोस्रो खण्डमा केपी शर्मा ओलीको सरकारले सुरु गरेको र सम्पन्न गरेका विकास र समृद्धिका विभिन्न आयोजनाहरुको संक्षिप्त विवरण उल्लेख गरिएको छ ।
तेस्रो खण्डमा उमालेले जितेका स्थानीय तहहरुले गरेका राम्रा कामहरुकोे बुँधागत रुपमा चर्चा गरिएको छ । अन्तिम खण्डमा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु २२ वटा बुँदामा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्