काठमाडौँ । नेकपा एमालेले सार्वजनिक गरेकाे चुनावी घोषणापत्रमा ६ वटा संकल्पहरू प्रस्तुत गरिएकाे छ ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार एमालेका अध्यक्ष केपी ओलीले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभयाे ।
घोषणापत्रमा प्रमुख ६ वटा संकल्प प्रस्तुत गरिएको छ ।
६ बुँदे उक्त संकल्पमा एमालेले आफ्ना जनप्रतिनिधिहरू शासक नभएर जनताका सेवक हुने उल्लेख गरेको छ । यस्तै एमालेका जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने बताइएको छ । साथै एमालेका जनप्रतिनिधिको नेतृत्वमा रहेका पालिकाहरू सदाचारमा नमुना बनाउने पनि एमालेको प्रतिबद्धता छ ।
यस्ता छन् एमालेका संकल्प
– हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।
– हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने छन् ।
– हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने छन् ।
– हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।
– हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
– हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्