Ads

धुलिखेल : विकास निर्माणमा नयाँ आयाम


धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधि बहाल भएदेखि विकास निर्माणमा नयाँ आयाम थपिएको छ । यस अवधिमा नगरपालिकामा भौतिक विकासले फड्को मारेको छ । प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको कार्यले त्यहाँका नागरिकले प्रत्यक्ष रूपमा स्थानीय सरकार भएको महसुस गरेका छन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा धुलिखेल नगरपालिकाको विकास गतिले तिब्रता पाएको हो ।
आर्थिक बर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्ममा ३४ कि.मि. कालोपत्रे सडक थप भई ४६.५ कि.मि. कालोपत्रे सडक निर्माण भएको छ । पाँच कि.मि. ढलान सडक निर्माण भएको तथा ग्राभेल सडक ७१ कि.मि. र माटे सडक ३२० कि.मि. थप भई कुल ४३० कि.मि. सडक निर्माण भएको छ ।
पक्की नाली ३० कि.मि. र कच्ची नाली ३१० कि.मि. निर्माण भई कुल ३४० कि.मि. थप नाली निर्माण सम्पन्न भएको छ । खानेपानी निर्माणतर्फ थप दुई ५१९ घरधुरीमा धारा जडान भई जम्मा पाँच हजार ७१६ घरधुरी अर्थात् ८१ प्रतिशत घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराइएको छ ।
पार्क निर्माणतर्फ सानाठूला गरी ५१ वटा पार्क निर्माण भएका छन् । दुईवटा ट्रिटमेन्ट प्लान्ट थप निर्माण भएको तथा यस नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।
दुईवटा झोलुङ्गे पुल, ७०० जना क्षमताको सभाहल निर्माण, एउटा सपिङ्ग कम्प्लेक्स निर्माण, तीनवटा स्वास्थ्य भवन निर्माण, १७ वटा विद्यालयका २४ वटा विद्यालय भवन निर्माण भई १४० कक्षा कोठा निर्माण सम्पन्न भएका छन् ।
शिक्षा
सार्वजनिक विद्यालयतर्फ पाँचवटा विज्ञान प्रयोगशाला थप भई आठवटा माध्यमिक विद्यालयमा सेवा पुगेको, आठवटा आईसिटिल्याव थप भई १० वटा माध्यमिक विद्यालयमा सेवा पुगेको, तीनवटा पुस्तकालय थप भई १६ वटा विद्यालयमा पुस्तकालय सेवा पुगेको छ ।
१७ बर्षदेखि जिल्लामै हुन नसकेको दरवन्दी मिलान कार्य यस नगरपालिकाले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको रणनीति अपनाई बालविकास सिकाई तीनजना, प्राथमिक तहका १०३ जना, निमावि तहका नौजना र माध्यमिक तहका १० जना गरी १२५ जना शिक्षक कर्मचारीको दरबन्दी मिलान तथा ब्यवस्थापन गरिएको छ ।
प्राथमिक तहमा यस नगरपालिकामा वढी भई राष्ट्रिय दरबन्दी मिलानमा परेका ३७ शिक्षक दरवन्दीमध्ये नगरपालिकाले पेन्सन भइसकेका शिक्षकहरुलाई सुविधासहितको स्वेच्छिक अवकाशसहितको योजनामा रु २३ लाख पच्चीस हजार रुपियाँ खर्च गरी १५ जना शिक्षकको दरबन्दी र रिक्त १७ समेत ३२ दरबन्दी मिलानमा पठाई सकिएको छ ।
त्यसैगरी विद्यालय शिक्षा सञ्चालनका लागि ऐन तथा कार्यविधि समेत चारवटा कानून निर्माण गरिएको छ । गुणस्तर सुधारको लागि एमजिएमएल कार्यक्रम २१ वटा विद्यालयमा लागू गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ । धुलिखेलस्थित क्याम्पसमा स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको ब्यवस्था गरिएको छ । यस नगरलाई साक्षर नगर घोषणा गरिएको छ ।
स्वास्थ्य
धुलिखेललाई स्वस्थ शहर बनाउन सातबुँदे प्रतिज्ञा पत्र जारी गरी कार्यक्रम अगाडि वढाइएको छ । तीनवटा आधारभूत स्वास्थ्य सेवा निर्माण सम्पन्न भएको छ । काभ्रेभञ्याङमा १५ शैंयाको अस्पताल निर्माणाधीन रहेको छ । चारवटा स्वास्थ्य चौकी भवन निर्माणाधीन रहेका छन् ।
धुलिखेल नगरलाई क्षयरोगमुक्त नगर घोषणाको लागि कार्यक्रम सञ्चालन भइरहेको छ । कोभिड१९ को रोकथामको लागि क्वारेन्टाइन तथा आइसोलेशन सञ्चालन गरी ६०० भन्दा वढी नागरिकलाई सेवा दिइएको छ ।
कोभिड१९ विरुद्धको खोप धुलिखेलवासी र धुलिखेल बाहिरका समेतगरी ७२ हजार भन्दा वढी नागरिकलाई उपलब्ध गराई सकिएको छ । निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइएको छ । पोषणमैत्री नगर बनाउन पोषणका कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य क्षेत्रमा सातवटा नयाँ अनुसन्धानहरू गरिएको छ ।
काभ्रे जिल्लाकै पहिलो बालमैत्री नगरपालिका .
सबै बर्ग तथा समुदायलाई समेटी पाँचवटा परिषद्हरुको निर्माण गरी आय आर्जन तथा सशक्तीकरणका लागि एकहजार २८९ जनालाई सीप विकास तथा आय आर्जनका तालिम दिइएको छ । महिला, दलित, अपाङ्ग, युवा र आदिवासी जनजातिका ३७१ जनालाई विभिन्न प्रविधिका सामग्रीहरु वितरण गरिएको छ । पाँचवटै परिषद् सञ्चालनको लागि कानून निर्माण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा २६७ जनालाई अभिभावक कक्षा सञ्चालन गरिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ५०९ जनालाई उद्यम विकास तथा आय आर्जन तालिम सञ्चालन गरी प्रविधि हस्तान्तरण गरिएको छ । बैदेशिक रोजगारमा जाने ६६१३ जना युवक युवतीका लागि सीप विकास तथा परामर्श सेवा सुरक्षित आप्रवासन परियोजनाबाट प्रदान गरिएको छ ।
महिला विकासका लागि २१ वटा समूह गठन गरिएको छ । बाबुआमाविहीन २१ जना बालबालिकाहरुको संरक्षण गरिएको छ । सुत्केरी महिलासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत ४५० जनालाई पोषण तथा न्यानो कपडा वितरण गरिएको छ । उपमेयरसँग महिला कार्यक्रमबाट आय आर्जनका लागि १७३ जना महिलालाई बाख्रा, बंगुर र कुखुरा वितरण गरिएको छ ।
कृषिमा यान्त्रीकरण
धुलिखेल नगपालिकाले कृषिमा यान्त्रीकरण र आुधनिकीकरण गरेको छ । कृषि उत्पादन वृद्धिका लागि मिनिटिलर, थ्रेसर, विद्युतीय मकै छोडाउने मेसिन लगायत ८७० वटा यान्त्रिक उपकरण वितरण गरिएको छ ।
कृषिको व्यावसायीकरण गर्नका लागि ६४३ जना कृषकलाई फलफूलका विरुवा वितरण गरिएको छ । पशुधन सुरक्षाका लागि बीमा प्रिमियममा १५ प्रतिशतले हुने अनुदान २० लाख ४० हजार रुपियाँ दिइएको छ ।
सामुदायिक कुकुर ब्यवस्थापनको लागि रेविज विरुद्धको खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको छ । ७५ वटा च्याप्टर मेसिन र ३७५ जनालाई बाख्रा तथा वंगुरका पाठापाठी वितरण गरिएको छ ।
एकीकृत इन्टनेट सेवा प्रवाहका लागि आठवटा वडामा आफ्नै फाइवर जडान तथा चारवटा वडामा सेवा प्रदायक संस्थाबाट इन्टरनेट कनेक्टीभिटी मिलाइएको छ । कार्यालय तथा नगरभित्रका महत्वपूर्ण स्थान, मन्दिर, चोक, पर्यटकस्थल लगायतमा सिसिटिभी जडान गरी जिल्ला प्रहरी कार्यालयबाट मनिटरिङ्ग गर्ने ब्यवस्था मिलाइएको छ । सेवाग्राहीले घरबाटै कर भुक्तानीका लागि ई–पेमेन्ट सेवा सञ्चालन गरिएको छ । यस नगरपालिकाका गतिविधिहरुको जानकारीका लागि नगरपालिकाको एप्स तथा वेवसाईट र फेसवुक पेज सञ्चालन गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४५९ बेरोजगारले रोजगारी पाई २१ वटा योजना सञ्चालन गरिएको छ । हालसम्म न्यायिक समितिमा ११५ वटा मुद्दा दर्ता भएकोमा ३५ वटा मिलापत्र गराइएको, सातवटा फैसला गरिएको, १२ वटा अदालतमा पठाइएको र ३२ वटा तामेलीमा रहेका छन् ।
संविधानले ब्यवस्था गरे बमोजिम स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि लगायत ८१ वटा कानून निर्माण गरी लागू गरिएको छ ।
आर्थिक बर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्मको अनुमानित रकम रु दुई अर्व ९२ करोड ८३ लाख ३० हजार भएकोमा यथार्थ आम्दानी रकम रु दुई अर्व ६० करोड ४२ लाख ६९ हजार भई खर्च रकम रु दुई ंंअर्व ७९ करोड ४१ लाख ४८ हजार भएको छ । चालू आर्थिक बर्षमा रु एक अर्व १५ करोड १५ लाख अनुमानित बजेट पेश भएकोमा २०७८ माघ मसान्त सम्म रु ६३ करोड ५० लाख पाँच हजार आम्दानी भई रु. ३९ करोड ४१ लाख ३० हजार खर्च भएको देखिन्छ ।

अशोक ब्याञ्जु श्रेष्ठ
नगर प्रमुख धुलिखेल नगरपालिका

नेपालका नगरपालिकाहरूले स्थानीय सरकारको मान्यता पाई कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना निर्माण भइसकेको अवस्थामा नगर सभालाई संसदीय संरचना अनुरूप सञ्चालन गरिएको छ ।
देश तथा समाजको विकासमा दिन रात नभनी खट्ने समाजसेवीहरू, नागरिकस्तरबाट साथ सहयोग पाएको र काम गर्ने क्रममा सबै कर्मचारीको मनोबल उच्च पारिएकाले पनि विकास गर्न सम्भव भएकाले धुलिखेलमा अपेक्षाकृत विकास सम्भव भएको हो ।
नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको बहाली भएपछि स्थानीय सरकारको हैसियतले नेपालको संविधानले अनुसूची ८ तथा अनुसूची ९ मा स्थानीय तहको लागि तोकेको कार्य जिम्मेवारीका विषयहरु, समेटिएर बजेट प्रदान गरेको समानीकरण अनुदान तथा सशर्त अनुदान र नगरपालिकाको आन्तरिक आयको परिचालनबाट चालू आर्थिक बर्षसम्ममा नगरपालिकाबाट लिइएको नीति तथा कार्यक्रमको कार्यान्वयन र उपलब्धिको समीक्षा गर्दा नगरपालिकाको प्रयास तथा सरोकारवालाहरूको सहयोग र तत्परताका कारण हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौँ ।
दिगो विकासको गति अगाडि बढाउन, समुदायको उन्नतिको चाहनालाई संस्थागत गरी सर्वाङ्गीण विकासको ढोका खोल्न हालको प्रयास समग्रमा उपलब्धिमूलक रहेको देखिन्छ । हामी निर्वाचित हुने क्रममा जनतासामु गरिएका प्रतिबद्धता पूरा गरेका छौं ।

Ads

सम्बन्धित पोष्टहरू