Ads

गठबन्धन गाँठो कमजोर बन्दै, थप छलफल गर्न शिर्ष नेताहरुको बैठक बस्ने


काठमाडौ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । बालुवाटार स्रोतका अनुसार आसन्न स्थानीय तह निर्वाचनका विषयमा गठबन्धनका बीचमा मिल्न नसकेका विषयहरुको अन्तिम टुङ्गो लगाउने गरी छलफल गर्न लागिएको स्रोतले जनाएको छ ।

गठबन्धनका दलहरुबीच केन्द्र तहमा सहमति भएपनि पनि पालिकास्तरमा सहमतिको पालना नहुने देखिएको छ ।

विभिन्न दलहरुले केन्द्रको सहमति आफुहरुले नमान्ने भन्दै कतै सामुहिक राजिनामा दिएका छन् भने कतै पार्टि कार्यालयमा तालावन्दी गरेका छन् ।

स्थानीय तहको निर्वाचन निजिकिएसंगै गठबन्धनको गाँठो कमजोर बन्दै गएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई विभिन्न स्थानमा गठबन्धनको भागवण्डामा सहाभगिनै नगराएको भन्दै नेपाल समुह असन्तुष्ट बनेको छ ।

यसअघि, आजै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने स्रोतले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू