काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि साँझसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको छ।
स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरी विभिन्न पदमा ६० हजार ९५० जनाको उम्मेदवारी परेको छ ।
साढे ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा १४ हजार ६५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार लुम्बिनीमा ११ हजार ३६९, प्रदेश नम्बर १ मा ११ हजार २३५, बागमतीमा ९ हजार ५६६, सुदूरपश्चिममा ४ हजार ९२०, कर्णालीमा ४ हजार ६३५ र गण्डकीमा ४ हजार ५७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
हेर्नुस् कहाँ कतिले दिए उम्मेदवारी ?
प्रतिक्रिया दिनुहोस्