Ads

माओवादी निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष र नेकपा एस मकवानपुरका अध्यक्ष एमालेमा


काठमाडाै । नेकपा एमालेप्रति देशब्यापी आकर्षण बढिरहेका बेला माओबादी केन्द्र निकट बुद्धिजीबी तथा प्राध्यापकहरु पनि एमालेमा समाहित हुन थाल्नु भएको छ ।
नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. रमेश भट्टराई नै एमालेमा समाहित हुनु भएको हो ।
बिहीबार काठमाडाैमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई स्वागत गर्नुभयो ।
सोही कार्यक्रममा नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पनि एमालेमा फर्किनु भएको छ । उहाँसंगै उत्तम शर्मा, देबेन्द्र कोइराला, अनिल पोख्रेल लगायत पनि एमालेमा फर्किनु भएको छ ।
उहाँहरु सबैलाई स्वागत गर्दै अध्यक्ष ओलीले आजैदेखि पार्टी, देश र जनताका काममा सकृय हुन आग्रह गर्नु भयो । उहाँले एमालेभित्र सबैलाई उचित जिम्मेवारी र सम्मानजनक ब्यवहार हुने बताउनुभयो ।
एमालेमा समाहित हुनुभएका नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. भट्टराईले माओबादी केन्द्रबाट प्राध्यापक, बुद्धिजीबीहरुले बिद्रोह गरेर पुरानै घरमा समाहित भएको बताउनु भयो । करिब डेढदशक माओबादीमा रहँदा चरम तनाव र पीडाका दिनहरु बिताएको चर्चा गर्दै आजबाट उन्मुक्ती पाएको बताउनुभयो ।
एमालेमा फर्किनु भएका नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलले आफूहरु रंगीन दृश्यहरु ठानेर फिल्म हलमा छिरे पनि त्यहाँका पात्रहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको देखेर एमालेमै फर्किएको बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू