काठमाडौं । नेक
पा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गरेका छन् ।
उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका डंगोललाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्