काठमाडौ । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरुलाई आज पार्टी प्रवेश गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहनुभएका कलाकार नीर शाहलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्