Ads

आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाइ आज


काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज हुने भएको छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट हुनुभएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

एआईजी पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजीमा बढुवा भएका थिए । वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफु अगाडी रहेको भन्दै सिंह नियुक्ति कानुनविपरीत भएको रिटमा दाबी गरेका थिए।

रिट निवेदनमा पोखरेलले संविधानको धारा ४६ तथा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण र परमादेश समेतको माग दाबी गर्दै रिट निवेदन दर्ता गरेका थिए। । पोखरेलले आफू नै वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक रहेको हुँदा परमादेशमार्फत प्रहरी महानिरीक्षक बनाउन माग दाबी समेत गरेका छन ।

 

Ads

सम्बन्धित पोष्टहरू