Ads

प्रधानमन्त्री र मन्त्रीहरुले नै आचारसंहिता उल्लंघन : एमाले महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको कामलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ।

बिहीबार पत्रकारहरुसँगको अन्तर्क्रियामा एमाले महासचिव शंकर पोखरेलले आफूहरुले आचारसंहितामा हस्ताक्षर गरेन भनेर प्रचार गरिएको तर अहिले प्रधानमन्त्री र मन्त्रीहरुले नै आचारसंहिता उल्लंघन गर्दा पनि आयोगले केही गर्न नसकेको बताए।

पोखरेलले भने। ‘अहिले हेर्नुस्, प्रधानमन्त्री अनि मन्त्रीहरु पार्टीको नेतृत्वको हिसाबले प्रचारप्रसारमा गएका छन्। प्रधानमन्त्री र मन्त्री पार्टीको नेता भनेर चुनाव प्रचारप्रसारमा जान पाउछन्? आचारसंहिता सबैले मान्ने हो भने अहिले किन प्रधानमन्त्री र मन्त्रीहरु प्रचारमा गएका? सत्ता पक्षले आचारसंहिताको उल्लंघन गरेको छ। यसमा आयोगले किन पत्र नकाटेको ?’

उनले एमालेलाई देशभर ७ ठाउँमा आक्रमण गरिएको भन्दै यी सबै विषयले निर्वाचन कसरी स्वच्छ र निष्पक्ष बन्ला भन्ने प्रश्न गरे। ‘तैपनि हामी त निर्वाचनलाई मर्यादित बनाएर जानुपर्छ भन्नेमा नै छौँ। निर्वाचन आयोगले बनाएको आचारसंहिता व्यवहारिक होस् भन्ने नै हाम्रो विषय थियो। ‘ उनले भने।

Ads

सम्बन्धित पोष्टहरू