कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छीन । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी हुन । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।
श्रीमती घरमा नआएपछि उनकी श्रीमान् सागरले खोजी गर्दै आउनुभएको छ ।‘घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन‘, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्