Ads

गठबन्धन विभाजित भए राजनीतिक दुर्घटना हुन्छ : प्रचण्ड


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले हारे देशमा राजनीतिक दुर्घटनाको खतरा हुने बताएका छन्। आइतबार पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनविरुद्ध राजावादी र गणतन्त्र विरोधीहरूको गठबन्धन आएको भन्दै मुलुकमा राजनीतिक दुर्घटनाको खतरा रहेको बताएका हुन्।

केहि दिन अघि भरतपुरमा दिएको अभिव्यक्ती स्मरण गर्दे उनले भने, ‘देशमा राजनीतिक दुर्घटनाको खतरा छ। मैले धम्कायो भनेर हल्ला गरेका छन्। मैले गठबन्धन विभाजित भयो भने देशमा राजनीतिक दुर्घटना हुन्छ भनेको हुँ।’

उनले अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको बताउँदै पाँच दलीय गठबन्धनलाई आफूहरूले कुनैपनि हालतमा प्रदेश र संघको निर्वाचनसम्म लाने दाबी गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू