Ads

संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको हो : खड्का


काठमाडौं। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको बताएका छन्। आज(सोमबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको दाबी गरे। केपी शर्मा ओलीको दम्भका कारण पटक/पटक संसद विघटन गरिएको बताउँदै यसैका विरुद्ध गठबन्धन निर्माण गरेको उनले स्पष्ट पारे।

ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यस विरुद्ध गठबन्धनमा संगठित हुनु परेको उनको भनाई छ। ‘ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्र विरोधी कृयाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौं,’ उनले भने, ‘यो गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि बनाइएको होइन।’

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि पनि गठबन्धन आवश्यक रहेको उनले बताए। वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ।

Ads

सम्बन्धित पोष्टहरू