काठमाण्डौ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्लामा वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ ।
विसं २०७४ निर्वाचनपछि जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन् । हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पूरुष र १६ अन्य गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् ।
विसं २०७४ मा एक लाख २० हजार ९११ महिला, एक लाख ५९ हजार २८६ पुरुष र १५ अन्य गरी कूल दुई लाख ८० हजार २१२ मतदाता थिए ।
विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ८१ प्रतिशत मतदान भएको थियो भने ०.४० प्रतिशत मत बदर भएको थियो ।
जिल्लामा आशन्न स्थानीय तहको निर्वाचनमा एक ६७ वटा मतदातस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्