काठमाडौं । स्थानीय तहको निर्वाचनका दिन वैशाख ३० गते पर्यटकले बस सेवा पाउने भएका छन् । नेपाल पर्यटन बोर्डले हवाई यात्रुलाई लक्षित गरी बससेवा दिन लागेको हो ।
होटलदेखि विमानस्थलसम्म रु ३०० मा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । बोर्डले पर्यटन प्रहरीको सहयोगमा उक्त सेवा दिन लागेको हो ।
विमानस्थलबाट होटल अन्नपूर्ण, होटल याक एण्ड, ठमेल चोक, शंकर होटल, एम्बासडर होटल, यस्तै विमानस्थलबाट र्याडिशन–सांग्रिला होटल, महाराजगंज, हायात रिजेन्सी, होटल द्वारिका र विमानस्थलबाट तीनकुने, होटल एभरेष्ट, होटल हिमालयन, सोल्टी–ग्रान्ड होटल जाने आउने गरी रुट मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्