Ads

चुनाव सकिन नपाउँदै पेट्रोलयम पदार्थमा भारी मूल्य बृद्धि


काठमाडौँ । स्थानीय तहको निर्वाचन सकिन नपाउँदै  नेपाल आयल निगमले आजराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० ले बढाएको हो ।

जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मुल्य क्रमशः रु १७० र १५३/१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।

जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मुल्य क्रमशः रु १७० र १५३/१५३ कायम गरिएको छ ।

एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।

निगमले नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैया २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्तिेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।

हवाइ इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्याँसमा प्रति सिलिण्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा  घाटा रहेको जनाइएको छ ।

निगमलाई १५ दिनमा करिब रु ५ अर्ब १९ करोड अझै घाटा रहेको जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू