काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकिय विकासका लागि हव बनाउनुपर्ने बताएका छन् ।
सोमबार बुद्ध जयन्तीका अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनमा आएपछि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासमा थप सहयोग पुग्ने बताएका हुन ।
यस्तै उनले धार्मिक तथा सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने पनि बताउनुभयो । यसका लागि उनले विमानस्थललाई हव बनाएर हवाई उडान गर्न वायुसेवा कम्पनीलाई आग्रह गरे ।
आज सोमबारदेखि विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको छ । साथै बिहान कुवेतको जजिरा एयरवेजले विमानस्थलमा पहिलो अवतरण गरेसँगै अन्तराष्ट्रिय व्यवसायीक उडान सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्