काठमाण्डौ । काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दले कुनै पनि देशमा आईसीसीले मान्यता दिने फ्रेन्चाइज लिग एउटा मात्रै हुने बताएका छन् ।
क्यानले असोजमा आफ्नो आधिकारिक ट्वान्टी २० प्रतियोगिता नेपाल टी २० लिग आयोजना गर्ने घोषणा गरेसँगै उनले सो प्रतिक्रिया दिएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा क्यानलाई आइसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेटलाई अगाडी बढाइरहेका फेन्चाइज लिगहरु धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग ९इपिएल०को भविष्य के हुन्छ भनेर प्रश्न साधिएको थियो ।
इपीएलको त नयाँ संस्करणका लागि मिति नै सार्वजनिक भइसकेको छ ।
चन्दले इपीएल आयोजनाका लागि क्यानले कुनै पनि मिति नदिएको बताए । एक देशमा एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुने उनको भनाइ छ ।
‘हामीले इपिएल आयोजनाका लागि समय उपलब्ध गराएका छैनौं । इपिएललगायत अन्य फ्रेन्चाइज लिगले क्यानसँगको समन्वयमा क्षेत्रीय लिगको रुपमा आयोजना गर्न सक्छन्,’ चन्दले भने, ‘तर अहिलेको जस्तो विदेशी खेलाडी अनुबन्ध गरेर छुट्टै लिगका लागि आधिकारिकता दिने भन्ने कुरा हुँदैन । एक देशमा आईसीसीले मान्यता दिने एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्