Ads

रुपन्देहीको तिलोत्तमामा एमालेका माोहन चापागाईंको अग्रता


बुटवल – रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले अग्रता लिएका छन् ।

शुक्रबार बिहानसम्म १५ हजार २६१ मत गणना गर्दा चापागाईंले ५ हजार ९९३ मत प्राप्त गरेका छन् ।

गठबन्धन दलका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ५ हजार ८५६ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १३७ मतले पछि छन् ।

यसैगरी उपप्रमुख पदमा नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीको फराकिलो मतान्तर कायम छ । चौधरी २ हजार ९९५ मतले अघि छन् ।

Ads

सम्बन्धित पोष्टहरू