काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफ्नो कार्यकालभर राज्यबाट प्राप्त गर्ने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गरेका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित उनले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । पालिकाबासीहरुको सेवाका लागि उनीहरुले मलाई चुनेका छन्’ उनले भने,‘कार्यकाल भरी पालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुविधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार बिद्यार्थी मध्ये १ जनालाई डाक्टर पढाउन खर्च गर्नेछु ।’
४ हजार ४९ मत सहित गाउँपालिकाको अध्यक्षमा उनी निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
अध्यक्ष असिमले सामाजिक सञ्जालमा निर्णय सर्वजनिक गर्दै लेखेका छन् :
दोस्रो कार्यकालको शुभारम्भ सङ्गै हामीले अध्यक्ष स्तरीय केही महत्वपुर्ण निर्णय गरेका छौं।
१: गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुबिधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार विद्यार्थी १ जनालाई MBBS पढाउन खर्च गर्ने।
२: गाउँपालिकावासि जनताहरुको सहजताको लागि वातावरण मैत्री विद्युतीय बस ( charging station बनाएर )सेवा सन्चालन गर्ने !!
पुनः हामीलाई सेवा गर्ने अवसर प्रदान गर्नुहुने न्यायप्रेमी जनसमुदायलाई सम्मान व्यक्त गर्दछु।
#जयथुलुङदुधकोसी !!!
प्रतिक्रिया दिनुहोस्