सिड्नी अष्ट्रेलिया । अष्ट्रेलियाको प्रधानमन्त्रीमा लेबर पार्टीका एन्थोनी एल्बानिज निर्वाचित भएका छन् । शनिबार भएको चुनावको मतपरिणाम अनुसार लेबर पार्टीको जितसँगै उनि प्रधानमन्त्रिमा निर्वाचित भएका हुन ।
एल्बानिजले ७६ सिटमध्ये ७४ मा विजयी हात पार्दै लिबरल पार्टीका प्रधानमन्त्री स्कट मोरिसनलाई पराजित गर्दै प्रधानमन्त्री बनेका हुन ।
अब एल्बानिजले चुनाव जितेसंगै ३ वर्ष अष्ट्रेलिया सरकारको नेतृत्व गर्ने जनाइएको छ ।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले अष्ट्रेलियालाई एकताबद्ध बनाएर लैजाने बताए । त्यस्तै मतदाताहरुलाई धन्यवाद दिँदै हरेक दिन मतदाताको सेवामा खटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एल्बानिज अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री हुन ।
प्रतिक्रिया दिनुहोस्