महेन्द्रनगर । भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी भएकी हुन् ।
मेयरमा बोगटीले १५ हजार ८८२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८१७९ मत पाउँदा राप्रपाका गजेन्द्रबहादुर चन्दले ७१०५ मत ल्याए । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३४५२ मत मात्रै ल्याए ।
मेयरमा कांग्रेसका बोगटीले निकटतम् प्रतिस्पर्धी एमालेका पन्तभन्दा ७७०३ मतान्तरले विजयी भएका हुन् । बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका सुरेन्द्र बिष्टसँग १६६ मतले पराजित भएका थिए ।
उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत ल्याउँदै विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका कृष्णदत्त जोशीले १० हजार ५९६ मत ल्याउँदा एमालेकी भुवन कुवँरले ७९९० र राप्रपाकी हेलन श्रेष्ठले ४७७२ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्