काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक भएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले आएको परिणाम सन्तोषजनक रहेको बताए ।
‘समग्रमा यो निर्वाचनको परिणाम हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने,‘नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ । र तालमेल सहित हामीले निर्वाचनको परिणामलाई हेर्ने हो भने, सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेको हामीले महसुस गरेका छौँ ।’
कांग्रेसले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न भएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्