काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन शुरू गर्नु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद्को प्रतिनिधि सभा बस्ने सभा कक्षमा संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेकाे हाे ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरलाई सिँगारिएको छ । कोभिड–१९ को मापदण्डलाई पालना गर्दै सांसदहरूको सिट व्यवस्थापन गरिएको जानकारी संसद् सचिवालयले दिएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारको पहिलो नीति तथा कार्यक्रम हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्