Ads

एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले अपेक्ष गरेभन्दा कम स्थानमा जितेको भन्दै पार्टी भित्रैबाट अन्तर्घात भएको बताएका छन् ।

एमालेले अपेक्षा गरेका स्थानमा र एमालेको जनमत राम्रो भएका स्थानमा पनि एमालेको पराजय हुनुलाई पार्टीले स्वभाविक मान्न नसक्ने भन्दै अध्यक्ष ओलीले यसको समिक्षा गर्ने बताएका छन् ।

उनले भने अहिलेको स्थानीय तह निर्वाचनमा जे भएको छ यो ठिक भएको छैन यसको समिक्षा गर्नुपर्छ ।

अध्यक्ष ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले उपमेयर धेरै मत अन्तरले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू