Ads

‘बालेनलाई दिउँ बधाई, बदलौं आफूलाई’ : महामन्त्री शर्मा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी हुनुले सकारात्मक दबाब दिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत ‘बालेनलाई दिउँ बधाई, बदलौं आफूलाई’ भन्दै काठमाडौंका मतदाताले आफूहरुलाई बदलिनका लागि सन्देश दिएको बताएका हुन्।

काठमाडौंका सचेत मतदाताले दिएको सन्देशलाई गम्भिर रुपमा आत्मसात गर्न शर्माले आग्रह समेत गरेका छन्। उनले एक नोट जारी गर्दै भनेका छन्, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर’

काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४ सय २६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।

शर्माले मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले वैकल्पिक राजनीतिको नारा र दल नरोजेको पनि उल्लेख गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू