काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ८सय ३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् ।
गणतन्त्र दिवसका अवसरमा कैदीको सजाय माफी गरिएको हो।
विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएकालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्