Ads

प्रतिनिधिसभाको बैठकमा के भने प्रचण्डले ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन टुटेमा अझै पनि देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रचण्डले भरतपुरमा आफूले जनतालाई सतर्क गराएको कुरालाई धम्कीको रुपमा प्रचार गरिएकोमा आपत्ति जनाए ।

संसद बैठकमा प्रचण्डले भने–मैले भरतपुरमा जनतालाई सतर्क गराएको कुरालाई धम्की भनियो । यदि गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान्छ भनेकै हो,फेरि पनि भन्छु यदि यो गठबन्धन कमजोर भयो भने दुर्घटनाको खतरा छ ।

अध्यक्ष प्रचण्डले केपी ओली माओवादीको सहयोगमै प्रधानमन्त्री बनेको भन्दै अब एमालेको एकल प्रधानमन्त्री बनेर देखाउन चुनौति समेत दिए । नीति तथा कार्यक्रममाथि छलफल लिन रोष्टममा उभिएका प्रचण्डले अधिकांश समय ओलीको आलोचनामा खर्च गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू