काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्