Ads

बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु


काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।

मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।

 

Ads

सम्बन्धित पोष्टहरू