Ads

२० जनाको शव फेला, पोस्टमार्टमका लागि काठमाडौं ल्याइदै


पोखरा । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ ।

उद्धारका लागि नेतृत्व गरेर घटनास्थलमा पुग्नुभएका नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो जानकारी दिनुभएको हो । दुई जनाको शव विमानको भग्नावशेषबाट निकाल्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा प्राप्त शवलाई सिधैं काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याइ पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने तयारी भइरहेको छ ।

कतिपय शवहरु चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्न अवस्था रहेको पनि जानकारी घटनास्थलबाट प्राप्त भएको छ ।

तस्विर नेपाली सेनाआइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १३ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।

विमानमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको नामावली
१‍  इन्द्रबहादुर गोले
२ पुरुषोत्तम गोले
३ राजनकुमार गोले
४‍  वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालक दलका सदस्य
१ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३  विमानपरिचारिका क्रिस्मी थापा

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१