काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट सुरू भएकाे बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ ।
त्यस्तै, आइतबार संसद्को संयुक्त बैठकमा पेश भएको आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयनबारे पनि बैठकमा छलफल हुने गठबन्धनका नेताहरूले जनाएका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सभागिता छ ।
प्रतिक्रिया दिनुहोस्