काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।
यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेको हो ।
चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्