Ads

एमाले : विभाग बिस्तारमा तिव्रता


काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनपछि गठन हुन बाँकी रहेका विभिन्न विभागहरुको गठन सुरु भएको छ । पार्टीले  १२ वटा विभागमा विभिन्न नेता कार्यकर्तालाई हालै जिम्मेवारी दिएको छ ।
गत वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभागमा विभिन्न सदस्यहरुको मनोनयन गर्ने निर्णय गरेपछि सावर्जनिक गरिएको थिएन । पार्टी महासचिव शंकर पोखरेलले १७ जेठमा विभागमा मनोनयन गरिएको नेता कार्यकर्ताको नाम सावर्जनिक गर्नुभएको हो ।
एमालेमा विभागमा ३५ जनासम्म सदस्य रहने व्यवस्था भए पनि अहिले आंशकि मात्र मनोनयन गरिएको छ । सबभन्दा धेरै विदेश विभाग र सहकारी विभागमा २३÷२३ जना सदस्य मनोनयन गरिएको छ । कतिपय विभागमा यस अघि पनि मनोनयन गरिएकोमा अहिले केही सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताको रुची र विज्ञताको क्षेत्र अनुसार जिम्मेवारी दिइएको नेताहरुले बताएका छन् ।
पार्टीले सार्वजनिक गरेको सुची अनुसार कृषी तथा पशुंपक्षी विभागमा १३ जना,उद्योग वाणिज्य तथा आपूर्ती विभागमा पाँच जना,परराष्ट्र विभागमा २३ जना,शिक्षा विभागमा ११ जना,संघीय मामिला तथा प्रशासन विभागमा नौ जना,श्रम तथा रोजगार विभागमा ११ जना,उर्जा जलश्रोत तथा सिंचाइ विभागमा १३ जना मनोनयन गरिएको छ । यसैगरी उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमा १७ जना,संसदीय विभागमा १३ जना,पुस्तकालय तथा अभिलेख विभागमा पाँचजनालाई मनोनयन गरिएको छ । खानेपानी तथा सरसफाई विभागमा ११ जना,अर्थ तथा योजना विभागमा आठ जना सदस्य मनोनयन गरिएको छ ।
प्रचार विभागमा यस अघि नै नौ जना सदस्य मनोनयन गरिएको छ । एमालेमा ३३ वटा केन्द्रीय विभाग छन् ।

Ads

सम्बन्धित पोष्टहरू