Ads

निर्वाचनको परिणामबाट एमालेका नेता कार्यकर्ता बिचलित हुनुपर्दैन : पाेखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले नेपालको विकासका कुनै योगदान गर्न नसक्ने बताउनुभएको छ ।

एमालेसँग एक्लै भिड्ने सामर्थ नभएर गठबन्धन गरेको उल्लेख गर्दै पोखरेलले राष्ट्र निर्माणको शक्ति एमाले मात्र भएको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यलयमा आज नवगठित केन्द्रीय सहकारी विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनको परिणामबाट एमालेका नेता कार्यकर्ताले बिचलित हुनु नपर्ने बताउनुभयो ।
पोखरेलले सहकारीहरुलाई गरिवी निवारणको प्रमुख माध्यम बनाउनु पर्नेमा जोड दिनुभयो । एमालेका नेता कार्यकर्ताले सञ्चालन गरेका सहकारीको अनुशरण अन्य सहकारीहरुले गर्न लायक हुनुपर्ने पोखरेलको भनाइ छ ।
बैठकमा सहकारी विभागका सदस्यहरुको सपथ ग्रहण र भावी कार्ययोजना बारेमा छलफल भएको विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू