Ads

दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म


काठमाडौं । वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली  भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।

सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले भोलि १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ ।

कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।

सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्युनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणलो जनाएको छ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक-फरक तय हुन्छ ।

प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो । भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू