Ads

स्थानीय तहको निर्वाचनपछि एमालेको‘हाइ कमाण्ड’बैठक आज पहिलो पटक बस्दै


काठमाडौं । स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेको हाइ कमाण्ड सचिवालयको बैठक आज पहिलो पटक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा मुख्यगरी स्थानीय तहको निर्वाचनको समिक्षा हुने एमालेले जनाएको छ ।

हिजो पार्टी केन्द्रीय कार्यलयले आजका बैठकका एजेण्डा तय गरेको छ । आजको बैठकमा निर्वाचनका क्रममा भएका हारजीतको विष्लेषण हुने केही मुख्य सहरहरुमा पार्टीले भोग्नु परेको पराजयका कारणका बारेमा पनि घनिभुत छलफल हुने एक नेताले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा अपेक्षा अनुसारको परिणाम आउन नसक्नुमा मुख्यगरी पार्टी भित्रको अन्तरघात नै मुख्य कारण भएको बताएका छन्।

यसैगरी असार २ र ३ गते आयोजना हुने जनप्रतिनिधीहरुको प्रशिक्षण कार्यक्रमको खाका पनि बैठकको एजेण्डा छ ।

त्यस्तै विभिन्न विभागहरुको गठन र पूर्णता दिने सन्दर्भमा पनि बैठकले निर्णय लिने प्रचार एवं प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू