काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।
यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।
एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्