काठमाडौं, जेठ ३० गते । प्रतिनिधि सभा बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ ।
सोमबारको बैठकमा नेकपा (एमाले)का सांसद विशाल भट्टराईले संसदको नियमित कार्यक्रम ‘स्थगन’ गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गर्नुभएको हो ।
अहिले बैठकमा मलबारे छलफल गर्नका लागि ‘स्थगनको प्रस्ताव’माथि छलफल भइरहेको छ ।
एमालेका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईलगायत १५ सांसदले स्थगन प्रस्ताव प्रस्तुत राख्नुभएको थियो ।
सभामुभ अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नका लागि दुई घण्टाको समय छुट्याउनुभएको छ । उक्त प्रस्तावमाथि अहिले सांसद्हरको छलफल गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्